काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पश्चिम एशियामा रहेका नेपालीको सहयोगका लागि १ करोड रुपैयाँको राहत कोष स्थापना गर्ने निर्णय छ । १२औं महाधिवेशनबाट गठित कार्यसमिति बैठकले राहत काेष स्थापना गर्ने निर्णय गरेको एनआरएनएका अध्यक्ष डा.हेमराज शर्माले जानकारी दिनुभएकाे छ । उहाँले संघका पदाधिकारी तथा सदस्यहरूबाट न्यूनतम १ करोड रुपैयाँ संकलन गर्ने बताउनुभयाे ।…