काठमाडाैं । जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले एक हजार ५ सय ८ जना सवारी नियम उल्लङ्घन कर्ताबाट १२ लाख ९८ हजार राजस्व संकलन गरेको छ।
ट्राफिक प्रहरीले यो रकम गत आर्थिक वर्षमा संकलन गरिएको जनाएकाे हो । कार्यालयले गत आर्थिक वर्षमा १ हजार ७० ट्रक तथा ट्याङ्कर, १९ बस तथा मिनिबस, ७५४ जिप–कार–भ्यान, ९१ ट्याक्टर, ३ सय ५१ मोटरसाइकल र १ सय २३ टेम्पो चालकलाई कारबाही गरिएको बताएकाे छ।
गत आर्थिक वर्षमा जिल्लामा ६२ सवारीसाधन दुर्घटनामा परेका तथा तिनमा ३४ जनाको मृत्यु भएको प्रहरीले जनाएकाे हाे। ट्राफिक प्रहरीले १ सय ७६ जना घाइते भएको बताएकाे छ।









प्रतिक्रिया दिनुहोस्