Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


कंगोमा इबोला महामारीका कारण मृत्यु हुनेको संख्या १३ सय नाघ्यो, २९ सय ७३ जना संक्रमित


26
Shares

एजेन्सी। प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगोमा फैलिएको इबोला महामारीका कारण मृत्यु हुनेको संख्या १ हजार ३ सय ९ जना नाघेको छ।

सरकारी तथ्यांक अनुसार केवल पाँच दिनमै मृत्युदर ४० प्रतिशत भन्दा बढीले वृद्धि भएकाे हाे। एक प्रमुख जनस्वास्थ्य विज्ञले भाइरस डढेलो जसरी फैलिरहेको चेतावनी दिएका छन् । सरकारले शनिबार सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार बिहीबारसम्म मृतकसहित पुष्टि भएका संक्रमितको कूल संख्या २ हजार ९ सय ७३ पुगेको छ । गत शनिबारको तथ्यांकको तुलनामा याे २७ प्रतिशतले बढी हो ।

संक्रमण र मृत्यु दुवैको संख्या असाधारण रूपमा बढ्दै जाँदा कंगोको यो प्रकोप हालसम्मकै सबै भन्दा तीव्र गतिमा फैलिरहेको इबोला महामारीमध्ये एक बन्ने चिन्ता व्यक्त गरिएको छ । कंगोमा फैलिएको ‘बुन्दिबुग्यो’ प्रजातिको भाइरसले महामारीलाई थप जटिल बनाएको अलजजिराले जनाएको हाे।

मानिसमा संक्रमण गराउने इबोला भाइरसका चार प्रमुख प्रजातिमध्ये यो सबै भन्दा दुर्लभ मानिन्छ। हालसम्म यसका लागि कुनै स्वीकृत खोप वा प्रभावकारी उपचार उपलब्ध भएकाे छैन।