Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


काठमाडौं र रामेछापसहित ११ जिल्ला आज आकस्मिक बाढीको जोखिममा (सूचीसहित)


65
Shares

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले वर्षासँगै देशका केही जिल्लामा आइतबार पनि आकस्मिक बाढीको जोखिम रहेकाे जनाएकाे छ।

महाशाखाले कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जानकारी गराएकाे हाे। आइतबार रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, बैतडी, डडेलधुरा, कञ्चनपुर र आसपासका जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएकाे छ । साेही जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको हाे ।

महाशाखाले उक्त जिल्लाहरूका नदीतटीय क्षेत्रहरूमा शतर्कता अपनाउन सकेत अनुरोध गरेकाे छ। दूधकोसी, सुनकोशी, नारायणी, कर्णाली, महाकाली र बागती लगायत ठूला नदीमा पनि बहाव उल्लेख्य बढ्ने महाशाखाले पूर्वानुमान गरेकाे हाे ।आइतबार बिहानकाे मापनानुसार कोशी, नारायणी,बागमती, कर्णाली, महाकालीका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव शतर्कता तह भन्दा तल रहेको महाशाखाले जनाएकाे छ।