Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


पाँचथरमा सम्बन्ध विच्छेदका घटना बढ्दै

६३ प्रतिशत सम्बन्ध विच्छेदको मुद्दा अदालतमा दर्ता

13
Shares

पाँचथर । पछिल्लो समय पाँचथरमा सम्बन्ध विच्देछका घटनाहरु बढ्न थालेका छन् ।

जिल्ला अदालत पाँचथरले वैदेशिक रोजगारी, दम्पत्तिबीचको लामो समय देखिको संवादहिनता, महत्वकांक्षा र परिवर्तित जीवनशैली लगायतका कारण सम्बन्ध विच्छेदका कारण घटनाहरु बढ्दै गएकाे जनाएकाे हाे। सम्बन्ध विच्छेद भएसँगै परिवारमा विखण्डन आउने, दम्पत्तिका छोराछोरीमा समेत मनोवैज्ञानिक असर पर्ने देखिएको छ ।

गत आर्थिक वर्ष ०८२/०८३ मा मात्रै कूल मुद्दाहरु मध्ये सबै भन्दा बढी ६३ प्रतिशत सम्बन्ध विच्छेदको मुद्दा अदालतमा दर्ता भएको हाे । नयाँ सम्बन्ध विच्छेद भएका ३ सय २० वटा, गत वर्षबाट सरेका ६५ वटा गरी कूल ३ सय ८५ वटा मुद्दा दर्ता भएका थिए ।

दर्ता भएका मध्ये १ सय ६७ वटा मुद्दा मिलापत्र भएको,त्यसमध्ये ६३ प्रतिशत मुद्धा सम्बन्ध विच्छेद अदालतका न्यायधिश कुमार मास्केले बताउनुभयो । त्यस्तै. गत आर्थिक वर्षमा ४ सय २१ वटा मुद्दाकाे लगत देखिएकोमा ३ सय २१ वटा फर्छ्योट भएको अदालतले जनाएको छ ।

त्यस्तै, गत ०८२/०८३ मा कूल ८ सय ५५ वटा मुद्दा दर्ता भएकोमा ६७ दशमलव ६ प्रतिशत अर्थात ५ सय ७८ फर्छ्योट भएको अदालतले पत्रकार सम्मेलन मार्फत जानकारी गराएकाे हाे ।