काठमाडौं । कैलालीकाे धनगढीमा सत्याग्रह गरिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग वार्तामार्फत अनशनको निकास खोज्न सरकारी टोली धनगढीमा पुगेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा बुद्ध एयरको उडानमार्फत आइतबार धनगढी पुगेका हुन्। यसअघि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा मन्त्रालयका सचिव चूडामणि पौडेल शनिबार नै धनगढी पुगिसक्नुभएकाे छ। शिक्षामन्त्री पोखरेलले शुक्रबार डा. केसीसँग टेलिफोन संवाद गर्दै वार्ताको वातावरण बनाउनुभएकाे थियाे
धनगढी पुगेको टोलीले आइतबारै डाक्टर केसीका प्रतिनिधिसँग वार्ता गर्ने तयारी गरेको छ। सरकारले सम्वादमार्फत नै सत्याग्रहको सहमतिपूर्ण निकास खोज्ने प्रयास गरिरहेको जनाएको हाे। यसैबीच स्वास्थ्यमा समस्या देखिएपछि डा. केसीलाई शनिबार चिकित्सकको सल्लाहमा सेती प्रादेशिक अस्पतालमा भर्ना गरी उपचार शुरु गरिएको छ।









प्रतिक्रिया दिनुहोस्