स्वास्थ्य अनुसन्धान परिषदको आयोजनामा ‘नेपालको स्वास्थ्य क्षेत्रमा भएका परिवर्तनका प्रमाणहरु’ भन्ने नारासहित सम्मेलन सुरु भएको हो । गरिबी, मानसिक रोग, पोषण, जलवायु परिवर्तनले स्वास्थ्यमा पारेको असर, नसर्ने रोगलगायतका क्षेत्रमा गरिएका अनुसन्धानहरुबारे सम्मेलनमा छलफल हुनेछ । सम्मेलनको उद्घाटन गर्दै स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्यालले स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्याउन अनुसन्धानको आवश्यकता भएकाले स्वास्थ्य क्षेत्रमा अनुसन्धान बढाउन पर्याप्त…