२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


दोस्रो चरणको हात्तीपाइले खोजी अभियान शुक्रबारदेखि


0
Shares

पहिलो चरणमा जिल्लाका ६ वटा स्थानीय तहमा हात्तीपाईले रोगीको खोजी अभियान सम्पन्न भएपछि दोस्रो चरणको खोजी अभियान बाँकी ४ स्थानीय तहमा सुरु गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिस्टेन्ट सन्तोष पाण्डेयले जानकारी दिए ।

दोस्रो चरणको खोजी अभियानअन्तर्गत चैत २३ गतेदेखि जिल्लाको दोगडाकेदार, पुर्चौडी, सिगास र डिलाशैनीमा सञ्चालन हुने उनले बताए । चैत २५ गतेसम्म सञ्चालन गते उक्त अभियानमा महिला स्वयंसेविकाले घर घरमा गएर हाईड्रोसिल तथा हात खुट्टा सुन्निएको बिरामीको खोजी गर्ने उनले बताए ।

हात्तीपाईलेका बिरामी खोजी अभियानमा ४८३ महिला स्वयंमसेविका र २५० स्वास्थ्यकर्मी गरी ७३३ जनशक्ति परिचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

हात्तीपाइले रोगका बिरामीमा हात खुट्टा सुन्निएकाको उपचार गरिन्छ भने हाईड्रोसिल भेट्टिएमा जिल्ला अस्पताल बैतडीमा जुनसुकै समयमा पनि निःशुल्क अप्रेशन गरिने हेल्थ असिस्टेन्ट पाण्डेयले बताए । यस्तो किसिमका बिरामीलाई महिला स्वयंमसेविका तथा स्वास्थ्यकर्मीको सम्पर्कमा आउन जिल्ला स्वास्थ्य कार्यालय बैतडीले अनुरोध गरेको छ ।

हात्तीपाइले रोग निर्मूल गर्ने नीतिका साथ यसअघि ६ पटकसम्म हात्तीपाईले रोगविरुद्धको औषधी खुवाईएको थियो । सरकारले नेपालमा सन् २०२० सम्म हात्तीपाईले निवारण गर्ने लक्ष्य राखेको छ ।