खार्पुनाथ गाउँपालिका वडा नम्बर–२ की २५ वर्षीया मुनदेवी छत्यालको सुत्केरी भएपछि साल अड्किएर धेरै रगत बगेका कारण ज्यान गएको हो । बुधबार बिहान २ बजेतिर घरमै सुत्केरी भएकी छत्यालको साल अड्किएर लगातार एक घन्टा उच्च रक्तश्राव हुँदा ३ बजेतिर मृत्यु भएको मृतकका आफन्तले बताएका छन् । रक्तश्राव धेरै भएपछि स्वास्थ्यकर्मीलाई बोलाइएपनि स्वास्थ्यचौकीबाट स्वास्थ्यकर्मी पुग्नुअघि नै…