बिहीबार भरतपुरको एलाइभ अस्पतालमा भर्ना भएका पर्वतका ६५ वर्षीय पीताम्बर सापकोटा अकस्मात जहाज दुर्घटनामा थापाको निधन भएको थाहा पाएपछि छांँगाबाट खसेजस्तो भए । उनीमात्र होइन, अन्य धेरै बिरामी पनि उनको पर्खाइमा थिए । डा थापासँग टाउकाको शल्यक्रिया गरेर रोगको उपचार गर्ने सापकोटाको चाहना अहिले सपनामात्रै भएको छ । टाउकोमा रगत जमेका कारण उनको दायाँ हात…