
तेह्रथुम, चैत १४ । जिल्ला स्वास्थ्य कार्यालय तेह्रथुमले गाउँ–गाउँमा रहेका स्वास्थ्य संस्थालाई सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गरेको छ ।
म्याङलुङ्ग नगर क्षेत्रका पाँच वटा स्वास्थ्य चौकी र जिरीखिम्ती शहरी स्वास्थ्य केन्द्र नगरपालिकालाई हस्तान्तरण गरेको हो ।
जिल्ला स्वास्थ्य प्रमुख डा.मुक्तिनारायण शाहले नगर प्रमुख सन्जय तुम्बाहाम्फेलाई स्वास्थ्य संस्थाहरुको मौजुदा अवस्था समेटिएका फाइल हस्तान्तरण गरे ।
यसअघि स्वास्थ्य कार्यालयले लालीगुराँस नगरपालिका, छथर गाउँपालिका र आठराई गाउँपालिका स्वास्थ्य संस्थासमेत स्थानीय तहलाई हस्तान्तरण गरिसकेको छ ।
अब फेदाप र मेन्छ्यायेम गाउँपालिकाका स्वास्थ्य संस्थासमेत केही दिनभित्रै सम्बन्धित गाउँपालिकालाई हस्तान्तरण गरिने जनाइएको छ । तेह्रथुममा जिल्ला अस्पतालसहित ३२ वटा स्वास्थ्य संस्था छन् ।
प्रतिक्रिया दिनुहोस्