
राष्ट्रिय क्षयरोग केन्द्र ठिमीले ‘सबै तहको सक्रिय नेतृत्वको प्रतिबद्धता, क्षयरोगमुक्त नेपालको सुनिश्चितता’ भन्ने नाराका साथ शनिबार ठिमीमा आयोजना गरेको कार्यक्रममा उनले अस्पताल भवनको शिलान्यास गरेकी हुन् ।
२९ करोड रुपैयाँको लागतमा ३०० शय्याको छातीरोग विशेषज्ञ अस्पताल तीन वर्षभित्र सन्चालनमा आउने गरी निर्माण सुरु भएको हो ।
कार्यक्रममा राज्यमन्त्री अर्यालले संविधान कार्यान्वयन गर्ने दायित्व सरकारमा आएकाले संविधानमा व्यव्स्था भएअनुसारको मौलिक अधिकारलाई सुनिश्चितता गर्ने बताइन् ।
यस्तै, स्वास्थ्यसचिव डा. पुष्पा चौधरीले क्षयरोग उन्मूलन गर्न सबै क्षेत्रबाट लाग्नु जरुरी रहेको बताउँदै स्वास्थ्य केन्द्रसम्म आउन नसकेका क्षयरोगका बिरामीलाई खोजी गरेर उपचारमा ल्याउने बताइन् ।
सार्क राष्ट्रका महासचिव अम्जाड हुसैन बि शैल, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. जोस भन्ड्रेलार, मध्यपुर नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठलगायतले क्षयरोग उन्मूलनमा सबैको सहयोग आवश्यक रहेकामा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्