चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल सर्जिकल भवनको शुक्रबार शिलान्यास गर्दै उनले भ्रष्टाचारीलाई कुनै पनि बहानामा छुट नदिने बताए । उनले देश र जनताप्रति प्रतिबद्ध भएर काम गर्न पनि निर्देशन दिए । प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाउँदै लैजाने सरकारी प्रतिबद्धता पनि व्यक्त गरे । स्वास्थ्य क्षेत्रमा हेलचेक्र्याई कुनै पनि हालतमा स्वीकार्य नहुने…