नेपालमा ९० प्रतिशत मानिस दाँत माझ्न जान्दैनन् : डा. घिमिरे • Image Khabar Image Khabar


नेपालमा ९० प्रतिशत मानिस दाँत माझ्न जान्दैनन् : डा. घिमिरे


Imagekhabar
६ चैत्र २०७४, मंगलवार १३:५१

नेपालमा ९० प्रतिशत मानिस दाँत माझ्न जान्दैनन् : डा. घिमिरे

नेपाल डेन्टल साइन्स हाइजेष्टि एसोसिएसनले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा विशेषज्ञहरुले मुखको सफाइमा ध्यान नदिँदा रोगको खतरा उच्च हुने बताएका थिए ।

कार्यक्रममा दन्तरोग विशेषज्ञ डा. सुभाष घिमिरेले नेपालमा ९० प्रतिशत मानिसलाई दाँत माझ्न नआउने भन्दै यसले रोगको खतरा बढाएको बताए ।

नेपालमा दन्त चिकित्सकहरुको अभाव रहेकाले काठमाडौंकेन्द्रित हुनुपरेको चिकित्सकहरुको भनाइ छ ।

मुखको नियमित सफाइ गर्ने, हरेक तीन महिनामा दाँतको परीक्षण गराउने, खानेकुरामा विशेष ध्यान पुर्‍याउनसके मुखमा देखिने समस्या कम हुने चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्