
‘दाँत गहना हो बचाऔं’ भन्ने नाराका साथ शुरु भएको सम्मेलन दुई दिनसम्म चल्ने छ ।
शरीरलाई सुन्दर राख्न दाँतको भूमिका महत्वपूर्ण हुने भन्दै सम्मेलनमा सहभागीहरुले दाँतलाई सुन्दर राख्नुपर्नेमा जोड दिएका छन् । नेपालमा पछिल्लो समयमा दाँतको उपचारमा नयाँ प्रविधिको विकास भएको र सोही प्रविधिको प्रयोग गर्दै दाँत बचाउन चिकित्सकहरुले आह्वान गरेका छन् ।
सरसफाईमा ध्यान दिन नसके दाँतबाट विभिन्न रोगसमेत भित्रने सक्ने भन्दै दन्त चिकित्सकहरुले दाँत र गिजाको सफाईमा ध्यान दिन सुझाव दिएका छन् । उनीहरुले दाँत फोहोर भए क्यान्सरसमेत निम्तिन सक्ने भन्दै दाँत र मुखको सफाई दैनिक रुपमा गर्नुपर्ने बताएका छन् ।
दाँत रोग विशेषज्ञ डा. निल पाण्डे र रिता सिंहले नेपालमा पनि दाँतको उपचार सस्तो र सुलभ भएको भन्दै दाँतको सफाईमा ध्यान दिन आग्रह गरे ।
सम्मेलनमा भारत, पाकिस्तान, जर्मनी, थाइल्याण्ड, फ्रान्स, बेलायतलगायतका मुलुकका दन्त विशेषज्ञ सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्