गाउँमा स्वास्थ्यचौकी स्थापना भएपनि औषधिको अभाव छ । त्यसमाथि उपकरण र दक्ष चिकित्सक नहुँदा कयौं मानिस अल्पायुमै मर्ने गरेका छन् । यस्तो अवस्थामा कतिपय दुर्गम ठाउँमा स्वयंसेवी संस्थाले स्वास्थ्य शिविर सन्चालन गरेर राहत दिने गरेका छन् । प्रदेश नम्बर–४ को अस्थायी राजधानी पोखराबाट झन्डै एक दिनको कच्ची मोटरबाटो छिचोलेर पुग्नसकिने रुकुम र प्यूठानसँग सिमाना जोडिएको…