गर्भवती महिलाई सुत्केरी गराउनका लागि जिल्ला अस्पताल वा जिल्लाबाहिरका अस्पतालमा जानुपर्ने बाध्यता अन्त्यका लागि २४ घन्टे बर्थिङ सेन्टर स्थापना गरिएको वडाध्यक्ष किशोरकुमार बस्नेतले बताए । बर्थिङ सेन्टरमा आएर गर्भवती भएका महिलालाई यातायात खर्चबापत एक हजार रुपैयाँ र तालिकाअनुसार चारपटक गर्भजाँच गराएमा थप ४०० प्रोत्साहन भत्ता दिने सुविधासहितको बर्थिङ सेन्टर सेवा थालिएको वडाध्यक्ष बस्नेतले बताए ।…