३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


राज्यकोषबाट स्वास्थ्य उपचार गर्ने व्यवस्था खारेज गरिन्छ : मन्त्री पण्डित


0
Shares

भक्तपुरको बोडेमा सुरु भएको मेडिकल ल्याबोरेटोरी एसोसिएसन अफ नेपालको चौथो राष्ट्रिय सम्मेलनको बिहीबार उद्घाटन गर्दै मन्त्री पण्डितले उपचारका नाममा हुने गरेको राज्यकोषको दुरुपयोग रोक्ने बताए ।

‘हुनेखाने र पहुँचवालाहरु सुगर जचाउन पनि सिंगापुर जाने’ प्रवृत्ति हटाउन आफू लागिपर्ने मन्त्री पण्डितको भनाइ थियो ।

उनले नेपाली जनतालाई नेपालमै सहजरुपमा स्वास्थ्य उपचारको व्यवस्था मिलाउन सरकार जोडतोडका साथ लागिरहेको दाबी गरे ।

मन्त्री पण्डितले स्वास्थ्य क्षेत्रमा सक्रिय व्यक्तिहरुले देशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा ध्यान दिनुपर्नेमा जोड दिए ।

सम्मेलनमा देशभरिका मेडिकल ल्याबोरेटरीयनहरुको सहभागिता रहेको छ ।