हलेसी–तुवाचुङ नगरपालिकामा बर्थिङ सेन्टर स्थापना • Image Khabar Image Khabar


हलेसी–तुवाचुङ नगरपालिकामा बर्थिङ सेन्टर स्थापना


Imagekhabar
२४ फाल्गुन २०७४, बिहीबार २०:१४

हलेसी–तुवाचुङ नगरपालिकामा बर्थिङ सेन्टर स्थापना

गर्भवती महिलाई सुत्केरी गराउनका लागि जिल्ला अस्पताल वा जिल्लाबाहिरका अस्पतालमा जानुपर्ने बाध्यता अन्त्यका लागि २४ घन्टे बर्थिङ सेन्टर स्थापना गरिएको वडाध्यक्ष किशोरकुमार बस्नेतले बताए ।

बर्थिङ सेन्टरमा आएर गर्भवती भएका महिलालाई यातायात खर्चबापत एक हजार रुपैयाँ र तालिकाअनुसार चारपटक गर्भजाँच गराएमा थप ४०० प्रोत्साहन भत्ता दिने सुविधासहितको बर्थिङ सेन्टर सेवा थालिएको वडाध्यक्ष बस्नेतले बताए ।

बर्थिङ सेन्टर स्थापना भएसँगै उक्त भेगका महिलाहरुले वर्षौंदेखि ओखलढुंगा पुग्नुपर्ने समस्याको अन्त्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्