
लमजुङ, फागुन २४ । लमजुङ सदरमुकाम बेसीशहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालले बिरामीलाई निःशुल्क खानाको व्यवस्था गरेको छ ।
अस्पतालमा भर्ना भएर बस्ने बिरामीलाई निशुल्क खानाको व्यवस्था गरिएको हो ।
अस्पतालबाट प्रदान गर्ने सेवा सुविधालाई थप प्रभावकारी बनाउनुका साथै विरामीको उपचारलाई सहज बनाउन निःशुल्क खानाको व्यवस्था गरिएको अस्पतालका प्रशासकीय प्रमुख युवराज देवकोटाले बताए ।
६२ शैयाको जिल्ला अस्पतालले बहिरंग तथा अन्तरंग सेवाका साथै आकस्मिक र शल्यक्रियालगायतका सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्