राष्ट्रिय क्षयरोग केन्द्र ठिमीले ‘सबै तहको सक्रिय नेतृत्वको प्रतिबद्धता, क्षयरोगमुक्त नेपालको सुनिश्चितता’ भन्ने नाराका साथ शनिबार ठिमीमा आयोजना गरेको कार्यक्रममा उनले अस्पताल भवनको शिलान्यास गरेकी हुन् । २९ करोड रुपैयाँको लागतमा ३०० शय्याको छातीरोग विशेषज्ञ अस्पताल तीन वर्षभित्र सन्चालनमा आउने गरी निर्माण सुरु भएको हो । कार्यक्रममा राज्यमन्त्री अर्यालले संविधान कार्यान्वयन गर्ने दायित्व सरकारमा आएकाले…