काठमाडौं, असार ३१ । चिकित्सा शिक्षा सुधारको माग गर्दै १६ दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य खस्किँदै गएको छ । रगतमा अक्सिजनको मात्रा कम भएको र घाँटीमा समस्या देखिएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । घाँटीको समस्याका कारण डा. केसीलाई बोल्न समस्या भएको तथा मुटुको चालमा घटबढ देखिएको डा. पुजन रोकायाको भनाइ छ ।…