३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


डा. गोविन्द केसीको स्वास्थ्य खस्किँदै, अनशनको समर्थनमा माईतीघर मण्डलामा धर्ना


0
Shares

काठमाडौं, असार ३१ । चिकित्सा शिक्षा सुधारको माग गर्दै १६ दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य खस्किँदै गएको छ ।

रगतमा अक्सिजनको मात्रा कम भएको र घाँटीमा समस्या देखिएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । घाँटीको समस्याका कारण डा. केसीलाई बोल्न समस्या भएको तथा मुटुको चालमा घटबढ देखिएको डा. पुजन रोकायाको भनाइ छ ।

डा. केसीको शरीरमा श्वेत रक्त कोषिका कम हुँदै गएको छ भने फेरेन्जाइटिस विशेष गरी घाँटीको पछाडी रहेको टन्सिल तथा भोकल बक्स बीचको भाग सुन्निएको पनि डा. रोकायाको भनाइ छ ।

यसैबीच डा.केसीको अनशनको समर्थनमा आज पनि समर्थकहरुले धर्ना दिएका छन् ।

माफियामुखी ऐन ल्याउन लागेको भन्दै उनीहरुले माईतीघर मण्डलामा धर्ना दिएका हुन् । डा. केसीको स्वास्थ स्थिति नाजुक बनिसक्दा पनि सरकारले रहस्मय मौनता प्रदर्शन गरेकोप्रति धर्नाकारीहरुले आक्रोश पोखेका थिए ।