१२ चैत्र २०७९, आइतबार | Sun Mar 26 2023


सिद्धार्थ नगरपालिकामा ज्येष्ठ नागरिक स्वास्थ्य सेवा अभियान


0
Shares

रुपन्देही, असार ३१ । रुपन्देहीको सिद्धार्थ नगरपालिकाले आगामी आर्थिक वर्षदेखि ज्येष्ठ नागरिक स्वास्थ्य सेवा अभियान सुरु गर्ने भएको छ ।

ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचलाई सुलभ बनाउने उद्देश्यसहित यस्तो अभियान सुरु गरिने नगरपालिकाले जनाएको छ  । जसअन्तर्गत ८५ ज्येष्ठ नागरिकलाई आवश्यकता अनुसार १५ सय सम्मको औषधि निशुल्क वितरण गरिने नगरउपप्रमुख उमा काफ्लेले बताइन् ।

१३ वटा वडा रहेको नगरपालिकामा करिब दुई सय ज्येष्ठ नागरिक रहेको नगरपालिकाले जनाएको छ ।

अभियान यही महिनादेखि सुरु गर्ने यकिन नभए पनि आर्थिक वर्ष सुरु भएपछि नगरपालिकाको बोर्ड बैठक बसी मिति तय गर्ने भएको छ ।