१० फाल्गुन २०८०, बिहिबार | Thu Feb 22 2024


आवासीय चिकित्सकहरु हडतालमा


0
Shares

काठमाडौं, असार २९ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जका आवासीय चिकित्सकहरु हडतालमा उत्रेका छन् ।

१४ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै उनीहरु आजदेखि हडतालमा उत्रेका हुन् । डा. केसी जुम्लामा १४ दिनदेखि अनशनरत रहे पनि माग सम्बोधनमा सरकार उदासीन भएको भन्दै चिकित्सकहरु आन्दोलनमा उत्रेका हुन् ।

त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरुको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसनले सरकारी रवैयाका कारण आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने कठोर बाटो रोज्नु परेको जनाएको हो । 

उता, डा. केसीको स्वास्थ्य अवस्था भने दिन प्रतिदिन कमजोर बन्दै गइरहेको छ ।