काठमाडौं । डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकार गम्भीर नभएको भन्दै नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालमा कार्यरत चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । संघले देशभरका चिकित्सकलाई आफू कार्यरत स्वास्थ्य संस्थाको नियमित ओपीडी टिकट बहिस्कार गर्न र वैकल्पिक उपायबाट ओपीडी सेवा संचालन गर्न आहृवान गरेको थियो । साथै चिकित्सकहरुलाई आ–आफ्ना जिल्लामा रिले अनसन, र्याली, धर्ना लगायतका…