काठमाडौं, असार ११ । एन्टिबायोटिक औषधिको सही प्रयोग कसरी बढाउने भन्ने विषयमा बुधबारदेखि काठमाडौंमा तीनदिने सम्मेलन सुरु भएको छ । विभिन्न दातृनिकाय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा आयोजित सम्मेलनमा एन्टिबायोटिकको सही प्रयोग समुदायसम्मै कसरी लैजाने भन्ने विषयमा छलफलकेन्द्रित छ । एन्टिबायोटिकको उचित प्रयोग नहुँदा त्यसले व्याक्टेरियाविरुद्ध काम गर्न नसक्ने अवस्था विश्वभर देखापरेको छ ।…