काठमाडौं, कात्तिक २० । सरकारले तोकेकोभन्दा बढी शुल्क लिएका निजी मेडिकल कलेजहरुविरुद्ध बुधबार पनि विद्यार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । चितवन मेडिकल कलेजबाट आन्दोलन सुरु गरेका विद्यार्थीहरुले सरकारले आफूहरुको मागको बेवास्ता गरेको भन्दै काठमाडौंमा प्रदर्शन गरेका हुन् । मंगलबार पनि उनीहरुले काठमाडौंमा प्रदर्शन गरेका थिए । बुधबार ‘बढी लिएको शुल्क फिर्ता गर’, ‘माफियातन्त्र अन्त्य गर’,…