डोटी, मंसिर ६ । जिल्लाको पूर्वीचौकी गाउँपालिकाकी धनसरा विक वि.सं २०६३ देखि एचआइभी सङ्क्रमितहरुले सेवन गर्ने एआरटी प्रयोगकर्ता हुन्, तर विगत केही महिनादेखि उनी औषधि सेवन गरिरहेकी छैनन् । उनी आफूलाई निको भइसकेकाले अब सधैँ औषधि खाइरहनु नपर्ने भन्दै एआरटी नखाने जिद्दी गर्छिन् । एआरटी सेवन गर्न छाडेपछि उनलाई अन्य रोगहरुले सङ्क्रमण गर्न थालेको छ…