Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


जसले दिएकी थिइन् ओलीलाई नयाँ जीवन


0
Shares

काठमाडौं । शिक्षण अस्पतालको संघन कक्षमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जानेहरुमा अन्जान घिमिरे पनि थिइन् ।

शय्यामा पल्टिरहेका ओलीलाई देखेपछि उनका आँखामा १२ बर्षअघिको सम्झना सजीव भएर चल्मलाउन थाल्यो ।

‘त्यसबेला उहाँ यसैगरी ओछ्यान पर्नुभएको थियो’, अन्जानले भनिन्, ‘दाइ के भयो भनेर मैंले सोधेपछि उहाँले मेरो दुवै मिर्गौला चल्न छाडे नानी भन्नुभएको थियो ।’

त्यसबेला अन्जानको मनमा एक अज्ञात प्रेरणा जाग्यो, जेठाजुलाई आफ्नै मिर्गौला दिएर बचाउने ।

आमा भएको १५ महिना लाग्दै गरेकी अन्जान त्यसबेला भर्खर २१ बर्ष लागेकी थिइन । यस्तोमा उनको कुरालाई केपीले सुरुमा एक अल्लारे केटीको लहड ठानेर उडाइदिए । 

तर, उनको मिर्गौला आफैंले दिन्छु भन्दै अड्डी कसेपछि भने केही गम्भीर भए, अनि भने, ‘तँ सानै छेस, बच्चा पनि सानै छ, हुँदैन बा हुँदैन !’ अन्जानले भने मिर्गौला दिन्छु भनेर जिद्दी गरी नै रहिन् ।

पत्नी राधिका शाक्यलगायत अन्य आफन्तको रक्त समूह नमिलेपछि ओलीलाई अन्त्यमा अन्जानकै आग्रह स्वीकार्न कर लाग्यो ।

किनभने उनको मिर्गौला चिकित्सकीय दृष्टिले प्रत्यारोपणका लागि उपयुक्त ठहरिएको थियो । -कान्तिपुर दैनिकबाट