फाइल तस्वीर
काठमाडौं, भदौ २२ । एसिड आक्रमणमा परेकी वीरगंजकी मुस्कान खातुनको आज शल्यक्रिया गरिएको छ ।
गत शुक्रबार विद्यालय जाँदा एसिड आक्रमणमा परेकी १४ वर्षीय मुस्कानको कीर्तिपुर अस्पतालमा शल्यक्रिया गरिएको हो । एसिडले अनुहार, घाँटी र हातमा असर गरेको उनको उपचारमा संलग्न चिकित्सक डा. सुरेन्द्र भण्डारीले जानकारी दिए ।
पुनः शल्यक्रिया गर्नु नपर्नेगरी नै शल्यक्रिया गरिएको भन्दै डा. भण्डारीले उनी खतरामुक्त भने भईनसकेको बताए ।
प्रतिक्रिया दिनुहोस्