काठमाडौं, साउन १८ । ‘बालबालिकामा हुने क्यान्सर निको हुन्छ’ भन्ने जनचेतना फैलाउन क्यान्सरपीडित बालबालिका र्याम्पमा उत्रिएका छन् । आफूजस्तै क्यान्सरसँग जुधिरहेका बालबालिकाको मनोबल बढाउने उद्देश्यका साथ उनीहरु र्याममा उत्रिएका हुन । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा क्यान्सरपीडित बालबालिकाहरुसँगै उनीहरुलाई उपचार गरिरहेका चिकित्सकहरु पनि र्याम्पमा उत्रिएका थिए । बालबालिकाले आ–आफ्नो प्रतिभासमेत प्रस्तुत गरेका थिए । कार्यक्रममा उपराष्ट्रपति…