‘न्याम्स’को प्रवेश परीक्षा स्थगित • Image Khabar Image Khabar


‘न्याम्स’को प्रवेश परीक्षा स्थगित


Imagekhabar
१ कार्तिक २०७६, शुक्रबार १७:२१

‘न्याम्स’को प्रवेश परीक्षा स्थगित

काठमाडौं, कात्तिक १ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले शनिबार (भोलि) लिने भनेको स्नातकोत्तर तहको प्रवेश परीक्षा स्थगित भएको छ ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको निर्देशनमा शुक्रबार प्रवेश परीक्षा स्थगित गरिएको हो ।

प्रवेश परीक्षाका लागि फारम भरेका कतिपय विद्यार्थी शनिबारसम्म काठमाडौं आइपुग्न नसक्ने भन्दै विद्यार्थीहरुले नै मन्त्री यादवलाई ध्यानाकर्षण गराएपछि स्वास्थ्यमन्त्रीले परीक्षा रोक्न पत्राचार गरेको न्याम्सका एक पदाधिकारीले जानकारी दिए ।

न्याम्सले शनिबार दिउँसो १ देखि ३ बजेसम्म एमडी, एमएस र एमडीएसको प्रवेश परीक्षा तोकेको थियो ।

यता, परीक्षा स्थगित भएपछि असन्तुष्ट केही विद्यार्थीहरुले मन्त्रालय घेर्न पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्