डा.केसीले कार्तिक १३ गतेदेखि सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने • Image Khabar Image Khabar


डा.केसीले कार्तिक १३ गतेदेखि सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने


Imagekhabar
२७ आश्विन २०७६, सोमबार ११:५४

डा.केसीले कार्तिक १३ गतेदेखि सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने

काठमाडौं । डा गोविन्द केसीले आफूसँगको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन नगरिए कार्तिक १३ गतेदेखि सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने घोषणा गरेका छन् ।

पेशाबाट अवकारस भएपछि आज शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गरेर डा केसीले २०७५ साउन १० गते आफूसँग भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन नगरिए पुनः सत्याग्रह थाल्ने चेतावनी दिएका हुन् ।

डा केसीले विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुरूप निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गर्न समेत माग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्