दरबन्दीभन्दा बढी कर्मचारी समायोजन भएर आएपनि काममा लगाउन निर्देशन • Image Khabar Image Khabar


दरबन्दीभन्दा बढी कर्मचारी समायोजन भएर आएपनि काममा लगाउन निर्देशन


Imagekhabar
१ कार्तिक २०७६, शुक्रबार १४:३२

दरबन्दीभन्दा बढी कर्मचारी समायोजन भएर आएपनि काममा लगाउन निर्देशन

काठमाडौं, कात्तिक १ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दीभन्दा बढी र दरबन्दी नै नभएका स्थानमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीलाई सोही तह र पदनाम कायम राखी हाजिर गराउन सबै स्थानीय तहहरुलाई पत्र पठाएको छ ।

मन्त्रालयले बिहीबार ७५३ स्थानीय तहमा पत्र पठाइ दरबन्दीभित्र वा दरबन्दी बढी भएका सबै कर्मचारीलाई पद र पदनाममा हाजिर गराइ काममा खटाउन आग्रह गरेको हो ।

स्थानीय तहहरुले भने दरबन्दीभन्दा बढी कर्मचारी एउटै पदमा समायोजन भएपछि जो पहिला समायोजनको पत्र लिएर आउँछ, उसलाई मात्र हाजिर गराउने गरेका थिए ।

दरबन्दीभन्दा बढी कर्मचारी समायोजन भएर आएपनि काममा लगाउन निर्देशन

प्रतिक्रिया दिनुहोस्