झापा । झापामा कोरोना महामारीबाट ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ८९३ रहेको छ । जनस्वास्थ्य कार्यालय झापाको अनुसार ३० हजार ४४१ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा दुई हजार ३६२ जना सङ्क्रमित छन् । तीमध्ये निको भएर एक हजार ४४२ जना घर फर्किसकेको कार्यालयका फोकल पर्सन जीवन चौलागाइले बताउनुभयो ।…