
काठमाडौं । किसमिसलाई बहुमुखी फलको रुपमा लिइने गरिन्छ । अंगुरलाई सुकाएर तयार गरिने किसमिस स्वास्थ्यका लागि विभिन्न गुणहरूले भरिपूर्ण छ ।
मानिसहरू खिरलगायतका विभिन्न पकवानहरू तयार गर्दा किसमिस हाल्न मन पराउँछन् ।
यसले खानालाई जत्तिकै स्वादिष्ट बनाउँछ, यो पनि उत्तिकै फाइदाजनक छ । यसको नियमित सेवनबाट हुने फाइदाहरूः
शरीरमा शक्ति प्रदान गर्दछः यसको नियमित सेवनले शरीरमा ताकत बढाउँदछ । यसमा प्राकृतिक सुगर हुने भएकाले सहजरुपमा पच्ने गर्दछ । यसमा कोलेस्ट्रोल हुँदैन । त्यसैकारण मुटुका बिरामीका लागि एकदमै फाइदाजनक मानिन्छ ।
कब्जियत हटाउँछः दैनिक किसमिस खाने हो भने यसले कब्जियतको समस्या भगाउँदछ । कब्जियतका लागि किसमिस रामवाण हो । किसमिसलाई भिजाएर खाने हो भने शरीरका लागि अझ फाइदाजनक रहन्छ ।
तौल घटाउन मद्दत : शरीरको तौल घटाउनका लागि किसमिस फाइदाजनक हुन्छ । नियमितरुपमा यसको सेवनले तौल घटाउन मद्दत गर्दछ ।
हाड बलियो बनाउँछ : हाडहरू बलियो र मजबुत राख्ने हो भने किसमिस खानु जरुरी छ । यसमा भरपुर क्याल्सियम हुने गर्दछ, जुन हाड मजबुत बनाउन उपयोगी मानिन्छ । त्यसैकारण नियमितरुपमा किसमिस खान आवश्यकता छ ।
प्रतिक्रिया दिनुहोस्