वीर अस्पतालका स्वास्थ्यकर्मीको माग अझै भएन पूरा, थप कडा आन्दोलन गर्ने चेतावनी • Image Khabar Image Khabar


वीर अस्पतालका स्वास्थ्यकर्मीको माग अझै भएन पूरा, थप कडा आन्दोलन गर्ने चेतावनी


इमेजखबर
३ मंसिर २०७७, बुधबार १४:४०

वीर अस्पतालका स्वास्थ्यकर्मीको माग अझै भएन पूरा, थप कडा आन्दोलन गर्ने चेतावनी

काठमाडौं, मंसिर ३ । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका वीर अस्पतालका स्वास्थ्यकर्मीहरुको आफूहरुको माग पूरा नभए थप कडा संघर्ष गर्ने चेतावनी दिएका छन् ।

वीर अस्पतालका स्वास्थ्यकर्मीहरुको आन्दोलन ३१औं दिनमा प्रवेश गरेको छ ।

कोभिड–१९ भत्ता समयमै दिनुपर्ने, यसअघि खाइपाइ आएको सेवा–सुविधा कटौती गर्न नहुने, तलब समयमा उपलब्ध गराउनुपर्ने माग राख्दै आएका स्वास्थ्यकर्मीहरुले ३१औं दिनमा पनि आन्दोलन जारी राखेका हुन् ।

कोरोनाभाइरस संक्रमित बिरामीहरुको उपचारमा अहोरात्र खटिएर काम गरिरहेका चिकित्सकहरुको मनोबल गिराउने काम सरकारले गरेको उनीहरुको आरोप छ ।

आफूहरुले पाउँदै आएको सेवा–सुविधा कटौती गर्न नपाइने, कोभिड भत्ता समयमा उपलब्ध गराउनुपर्नेलगायतका माग राख्दै कात्तिक २ गतेबाट सुरु भएको आन्दोलन जारी रहेको नेपाल चिकित्सक संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले बताउनुभयो ।

आन्दोलनरत् स्वास्थ्यकर्मी, चिकित्सकहरुले सरकारले तोकेको सेवा–सुविधासमेत पदाधिकारीहरुले नदिने गरेको आरोप लगाउँदै आएका छन् ।

वीर अस्पतालका एक कर्मचारी कल्पना ढुंगेलले कर्मचारीहरुले पाउनुपर्ने तलब–भत्ता पदाधिकारीहरुले खाइरहेको आरोप लगाउनुभयो ।

चिकित्सकहरुले बिरामीहरुको उपचारसँग–सँगै आफ्ना आन्दोलनका कार्यक्रम अगाडि बढाएका छने ।

आफ्ना माग पूरा नभए बिहीबार थप कडा आन्दोलन गर्ने चेतावनी पनि उनीहरुले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्