अध्यक्ष केसी कोरोनामुक्त भई घर फिर्ता • Image Khabar Image Khabar


अध्यक्ष केसी कोरोनामुक्त भई घर फिर्ता


Imagekhabar
३ मंसिर २०७७, बुधबार १५:०८

अध्यक्ष केसी कोरोनामुक्त भई घर फिर्ता

काठमाडौं, मंसिर ३ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोरोना (कोभिड–१९) निको भएर घर फर्कनुभएको छ ।

निमोनिया र कोरोना सङ्क्रमण भएपछि गत कात्तिक २५ गते उपचारका लागि मेडिसिटी अस्पताल, ललितपुरमा भर्ना हुनुभएका उहाँ मंगलबार अस्पतालमुक्त हुनुभएको हो ।

अध्यक्ष केसीले बुधबार विज्ञप्ति जारी गरी शुरुमा उपचारमा लाग्ने खर्च पार्टी र शुभचिन्तकको सहयोगमा जुटाउने भनिएकामा पछि नेपाल सरकारले उपचार खर्च व्यहोर्ने निर्णय गरेको उल्लख गर्दै उपचारमा सघाउने स्वास्थ्यकर्मी, आफ्नो पार्टी, शुभचिन्तक र सरकारलाई धन्यवाद दिनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्