प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार महासङ्घ, क्रान्तिकारी पत्रकार सङ्गठन र प्रेस सोसाइटीले संयुक्त रुपमा आज बिहान आयोजना गरेको प्रभातफेरी नयाँ वानेश्वरबाट सुरू भएर बबरमहल हुँदै माइतीघर मण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो । सो अवसरमा प्रेस सेन्टर नेपालले प्रदान गर्ने ‘कृष्ण सेन इच्छुक स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ बाट बेपत्ता पत्रकार एवम् तत्कालीन ‘सिन्धुली पोष्ट साप्ताहिक’का…