१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


मट्टितेल छर्केर आफ्नै शरीरमा आगो लगाउँदा महिलाको ज्यान गयो


0
Shares

मृत्यु हुनेमा जिल्लाको शम्भुनाथ नगरपालिका–१ निवासी इन्द्रदेव यादवकी ३५ वर्षीया श्रीमती रामादेवी यादव रहेको प्रहरीले जनाएको छ ।

आगोले पोलेर गम्भीर घाइते भएकी उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाक्रममा शुक्रबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताए ।

श्रीमान्सँग सामान्य विवाद हुँदा रामादेवीले आफ्नो शरीरमा मट्टितेल छर्केर आगो लगाएकी थिइन् । रासस