आगलागीबाट कार्यालयको सूचना शाखा, सामाजिक विकास शाखा लगायतका कोठामा रहेका सम्पूर्ण कागजात, फर्निचर, कम्प्युटर लगायतका सामग्री पूर्णरुपमा नष्ट भएको छ । आगलागीबाट लाखौँको सामग्री नष्ट भएको छ । विद्युत् चुहावट भई कार्यालयमा आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । रामग्राम नगरपालिकाको दमकलले आगो निभाएको थियो । (रासस)