सडकमा पानी जमेपछि आवत–जावतमा निकै कठिनाइ भएको छ । वर्षाले जनकपुरदेखि जलेश्वर, मटिहानी, समसीलगायतका मुख्य सडकसँगै ग्रामीण क्षेत्रका सडकसमेत हिलाम्य बनका छन् ।
जलेश्वरबाट जनकपुर पुग्न यात्रीहरुले बर्दिवास हुँदै जानुपर्ने अवस्था बनेको छ ।
चार लेनको सडक बनाउने भन्दै तत्कालीन यातायातमन्त्री रमेश लेखकले जनकपुरदेखि जलेश्वर हुँदै भिठामोडसम्मको सडकमा कालोपत्रकार्यको शिलान्याससमेत गरेका थिए ।
तर, काम अघि बढ्न नसक्दा प्रत्येक वर्ष वर्षायाममा सर्वसाधारण सास्ती व्यहोर्न बाध्य बनेका छन् ।










प्रतिक्रिया दिनुहोस्