Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


मंगलसेनका निर्वाचित मेयरले भने: ‘मदिरालाई व्यवस्थित गर्छु’


0
Shares

-कल्पना बोहरा/ईमेज

सपथ ग्रहण पश्चात कार्यभरा सम्हाल्दै मेयर बोहराले यस्तो निर्णयमा हस्ताक्षर गरेका हुन् ।

जिल्लामा अव्यस्थित रुपमा विक्री बितरण हुँदै आएको मदिरा मदिरालार्इ व्यस्थित गर्न अर्थात व्यवस्थित विक्री वितरणको व्यवस्था मिलाउने साथै त्यसो नभए कारवाही प्रक्रियामा जाने निर्णय नगरका नवनिर्वाचित जनप्रतिनिधिहरुको बैठकले गरेको छ ।

साथै सामाजिक सुरक्षा भत्ता र पोषण भत्ता पाउने सेवाग्राहीलाई पर्न गएको असुबिधालाई मध्यनजर गर्दै सामाजिक सुरक्षा भत्ता र पोषण भत्ता प्रत्येक वडाको टोल-टोलमै गएर वितरण गर्ने निर्णय पनि बैठले गरेको छ ।

यसका साथै नागरिक उपभोक्ता सहुलियत कार्डलाई व्यवस्थापन गर्न तथ्याङ्क संकलन गरी उक्त कार्य अगाडी बढाउने निर्णय पनि बैठकले गरेको मंगलसेन नगरपालिकाका सूचना अधिकारी नरेश कठायतले जानकारी दिए ।