Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


घरमै सुतिरहेकाबेला चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको ज्यान गयो


0
Shares

घरमा सुतिरहेको अवस्थामा १३ वर्षीया किशोरीलाई मंगलबार राति चितुवाले आक्रमण गरेको हो ।

मेल्लेख गाउँपालिका–८ हात्तीकोटको डुग्रीगाउँका गोपाल भुलकी छोरी पवनलाई चितुवाले आक्रमण गर्दा उनको ज्यान गएको प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

प्रहरीकाअनुसार राति आमासँगै ढोकानजिकै सुतेकाबेला चितुवाले आक्रमण गरेको हो । करिब १०० मिटर पर उनको शव भेटिएको थियो ।

मृतक किशोरीको शव पोस्टमाटमका लागि जिल्ला अस्पताल मंगलसेनमा ल्याइएको छ ।