Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


बैतडीमा जिप दुर्घटना, सातजना घाइते


0
Shares

देहिमाडाँबाट गिरेगाडाका लागि हिँडेको से १ ज ५६७ नम्बरको जिप गएराति ९ बजे दशरथचन्द नगरपालिका–९ को पार्साखोला भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

कच्ची बाटामो पानी परेको र चिप्लो भएकाले चिप्लिएर जिप दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

घाइते हुनेमा बैतडी पञ्चेश्वर–५ का २१ वर्षीय प्रकाश भण्डारी, ३६ वर्षीया कलावती चन्द, १५ वर्षीय कमलेश महतर, पञ्चेश्वर–६ का ८३ वर्षीय श्रीकृष्ण भण्डारी, १६ वर्षीय नरेश भट्ट, मेलौली–५ का ६५ वर्षीया भागिरथी चन्द तथा ३५ वर्षीय शेर चन्द रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले जानकारी दिए । घाइते सबैको उपचार जिल्ला अस्पताल बैतडीमा भइरहेको छ । (रासस)