Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


लामो दूरीका सवारी–साधन अब बसपार्कबाटमात्रै सन्चालन गर्नुपर्ने


0
Shares

                                                                                फाइल फोटो
यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईको अध्यक्षतामा बुधबार विभागअन्तर्गतका कार्यालय र ट्राफिक महाशाखाका प्रमुखसहित बसेको बैठकले उपत्यकाको सवारी–साधनलाई व्यवस्थित बनाउन उक्त व्यवस्था गरिएको हो ।

लामो दूरीका सवारी–साधन यात्री लिएर उपत्यकाका विभिन्न स्थानमा लैजाने तथा ल्याउने गरेपछि ठाउँठाउँमा जाम हुने भन्दै उक्त व्यवस्था गरिएको महाशाखाका प्रमुख मिङ्मार लामाले जानकारी दिए ।

बैठकले अब उपत्यकाभन्दा बाहिरबाट आएका सवारी–साधन कलंकीबाट सीधा नयाँबसपार्क आउनुपर्ने र नयाँ बसपार्कबाट बाहिर जाने सवारी–साधन कलंकीबाट सीधा बाहिरिनुपर्ने व्यवस्थासमेत गरेको छ ।

उक्त नियम लागू नगर्ने सवारी–साधनलाई साउन १ गतेदेखि कारबाही गरिने लामाले बताए ।

यस्तै, विभागले नयाँ तथा पुरानो बसपार्कको क्षमता र सवारी–साधनको संख्या हेरी वैकल्पिक व्यवस्थापनका लागि स्थानीय तहका प्रमुखसँग छलफल गर्ने भएको छ ।

यसैगरी, चक्रपथका हरियाली क्षेत्रमा सवारी–साधन पार्किङ गरेमा असार २५ गतेदेखि कारबाही अभियान चलाउने बैठकले निर्णय गरेको छ । रासस