भरतपुरको आँपटारीबाट केन्द्रीय बस टर्मिनलतर्फ आउँदै गरेको ना ६ ख ३४२५ नम्बरको ट्रकले गणेशस्थान चोकमा ना ३ प ७२३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनमध्ये दुईजनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते मोटरसाइकलको पछाडि सवार भरतपुर महानगरपालिका–११ की ४२ वर्षीया आशमाया थापा र उनका श्रीमान् मोटरसाइकल चालक…