Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


हरितालिका तीज आज समापन हुँदै, सप्तऋषिको पूजा गरिंदै

आजको दिन व्रतालु महिलाहरु बिहान नजिकैको नदी, तलाउ, धारा, पोखरी, आदि जलाशयमा गएर नुवाई धुवाई गर्ने गर्दछन् । साथै एक वर्षको प्रतीकका रुपमा ३ सय ६५ वटा दतिवनले दाँत माझी, माटो, तिल र अमलाको पिनाले स्नान गरी चोखो वस्त्र पहिरेर मध्याह्नपख अरुन्धतीसहित सप्तऋषिको पूजा गर्दछन् । अरुणन्धतीसहित सप्तऋषि कस्यप, अत्री, भारद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र…