नेपाल पत्रकार महासंघको कार्यालयमा शुक्रबार एक कार्यक्रमकाबीच उनीहरुले पदभारग्रहण गरेका हुन् ।
पदभारग्रहण कार्यक्रममा सभामुख ओनसरी घर्तीले आफ्नो पेसागत हकहित र जनताको हितमा काम गर्न नवनिर्वाचित कार्यसमितिलाई आग्रह गरिन् ।
उनले सन्चार क्षेत्रलाई समयसापेक्ष बनाउनुपर्ने भन्दै श्रमजीवी पत्रकारको हितमा काम गर्नका लागि सुझाव दिइन् ।
आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्न निर्वाचन अपरिहार्य भएको भन्दै उनले सत्ता राजनीति छाडेर निर्वाचन सम्पन्न गर्नका लागि जुट्न दलहरुसँग आग्रह गरिन् ।
पत्रकार महासंघले छोटो समयमा गरेको उपलब्धिको स्मरण गर्दै उनले निवर्तमान कार्यसमितिले गरेको कामको पनि प्रशंसा गरिन् ।
नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले श्रमजीवी पत्रकारको सम्बन्धमा विस्तृत् कार्ययोजना बनाएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले पत्रकार कल्याण कोषलाई वृद्धि गर्दे लैजाने र सबैको सहयोगबाट अगाडि बढ्ने विश्वास दिलाए ।
निवर्तमान अध्यक्ष डा. महेन्द्र बिष्टले प्राकृतिक विपत्तिमा गुज्रँदा–गुज्रँदै पनि पत्रकार महासंघले धेरै काम गरेको उल्लेख गरे ।उनले पत्रकारको स्वास्थ्य बिमा, कल्याण कोष स्थापनाकाबारेमा काम गरेको बताए ।
प्रेस स्वतन्त्रताको विषयमा कसैसँग सम्झौता नगरेको भन्दै नवनिर्वाचित कार्यसमितिले पनि पत्रकार महासंघको गरिमा उच्च बनाइराख्ने विश्वास व्यक्त गरे ।










प्रतिक्रिया दिनुहोस्