भारतीय दुदुवा नेसनल पार्कबाट आएको हात्ती शिकारीले थापेको विद्युतीय धरापमा पर्दा मृत्यु भएको हो ।
प्रत्येक वर्ष जंगलीहात्ती लालझाडी जंगल हुँदै चुरेसम्म जाने गरेको स्थानीय बताउँछन् ।
हात्तीले त्यस क्षेत्रका स्थानीयले लगाएको अन्नबालीमा नोक्सानी पुर्याउने गरेपनि हात्ती नै मरेको पहिलो घटना भएको बताइएको छ ।
शिकारीले प्रयोग गरेको विद्युतीय तार वन कर्मचारीले लिएर गएका छन् । आवश्यक प्रक्रियापछि मरेको हात्तीलाई सोही स्थानमा गाडिने जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्